विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु

<span class='c1'>विराटनगर जेसीजको मानवीय सेवा</span> <span class='c2'>सप्ताह २०२३ सुरु</span>

विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु भएको छ ।

विराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई खिर खुवाएर तथा लत्ता कपडा वितरण गरेर साताब्यापी कार्यक्रम सुरु गरेको विराटनगर जेसीजले जनाएको छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमाबुवासंग आत्मीय बिहानी कार्यक्रम आयोजना गरेकोमा आफुहरुलाई खुसी महसुस भएको र आगामी दिनमा समेत यस्ता कार्यहरुमा आफूहरु पनि जेसिज संग सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गरे ।

त्यस्तै दोश्रो कार्यक्रम शैक्षिक कोशेली वितरण कार्यक्रम विराटनगर वडा नम्बर ३ मा रहेको निम्न वर्गका बालबालिका अध्ययन गर्ने मदन आधारभुत विद्यालयमा सम्पन्न भएको थियो ।

कार्यक्रममा आफ्ना विचार राख्दै प्रमुख अतिथी विराटनगर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बासु बस्नेतले निम्नवर्गका बालबालिका अध्ययन गर्ने विद्यालयमा सानो भन्दा सानो सामग्री वितरण समेत महत्वपुर्ण हुने हुँदा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकोमा आभार ब्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्दै अघि बढ्ने बताउँदै युवालाई स्वदेश प्रतिको माया जगाउँदै नेपालमा नै आफ्नो पौरख देखाउने दिशामा अघि बढाउन जेसीजले पहलकदमी लिनु पर्नेमा जोड दिए ।

डेंगु बुझौं , बचौं र बचाऔं कार्यक्रम साउन १६ मंगलबार बिहान ७ बजेदेखि ऋषिदेव बस्ती मिल्स एरियामा,सुरक्षित महिनावारी , सुरक्षित उनि कार्यक्रम साउन १७ बुधबार दिउँसो १२:३० बजे देखि जेसी बाल सदनमा ,एक रक्तदान बचाउँछ ३ बढी को ज्यान साउन १८ बिहिबार बिहान ७ बजे मोडर्न एरा स्कुल, आयल निगममा स्वास्थ्य जनता, स्वास्थ्य नगर साउन १९ शुक्रबार बिहान ९ बजे ऋषिदेव बस्ती घिनाघाटमा र समापन, स्वच्छ व्यवस्थित संसारीमाईस्थान कार्यक्रम साउन २०‌‌ शनिबार बिहान ८ बजे देखि संसारीमाइस्थानमा सम्पन्न हुने बिराटनगर जेसीजका महासचिव अमित अग्रवालले जानकारी दिए ।

विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार विराटनगर जेसीजले मुलत: नेतृत्व र ब्यक्तित्व बिकास गराउने सस्थाका रुपमा परिचित संस्था रहेको भए पनि परेका बखतमा सामाजिक कार्य समेत गर्ने गरेको स्मरण गर्दै ५० बर्ष पुगेको अवसर पारेर विभिन्न समयमा गरिने कार्यक्रमलाई एकीकृत गर्दै सेवा सप्ताह कार्यक्रम सुरु गरेको बताए ।

कार्यक्रममा विराटनगर जेसीज बोर्ड पदाधिकारी, पूर्व अध्यक्ष जुनियर जेसीज लगायत समाजका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्