कोशी प्रदेशमा काँग्रेस र एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

<span class='c1'>कोशी प्रदेशमा काँग्रेस र एमाले मिलेर</span> <span class='c2'>सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव</span>

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निर्माणको प्रक्रिया धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो नहरेको बताएका छन् ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित काठमाण्डौबाट एउटै प्लेनमा विराटनगर एयरपोर्टमा आइपुगेका लिङ्देनले सरकार निर्माणको प्रक्रिया धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो नभएको र काँग्रेस र एमाले मिलेर सरकार चलाउनु सुझाव दिएको बताएका हुन् ।

एमाले नेता हिक्मत कुमार कार्कीलाई समेत सो कुरा भनेको बताउदै उनले भने,‘ तपाईहरुले ल्याएको व्यवस्था हो । काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु ।’ कोशी प्रदेशमा सरकार निर्माणमा निर्णय हुने अन्तिम अवस्थामा मात्रै आफूहरुले केही निणर्य गर्नसक्ने बताउदै कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै आफूहरु निर्णायक रहेको उल्लेख गरे ।

‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसावले प्रस्तुत हुन सकिन्छ ।’ उनले भने ।

लिङ्देनले संविधानतः एक महिना अगाडि नै प्रधानन्यायाधिश तय गरिसक्नु पर्ने व्यवस्था भएपनि दलहरुको भागबण्डाले संविधान विपरीतका काम भइरहेको बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्