कांग्रेस र एमाले मिलेर मुलुकको राजनीतिक अवस्थालाई बाहिर निकाल्न सक्नुपर्छ : हिक्मतकुमार कार्की

<span class='c1'>कांग्रेस र एमाले मिलेर मुलुकको राजनीतिक अवस्थालाई</span> <span class='c2'>बाहिर निकाल्न सक्नुपर्छ : हिक्मतकुमार कार्की</span>

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेस र एमाले मिलेर मुलुकको राजनीतिक संक्रमण जस्तो अवस्थालाई बाहिर निकाल्न सक्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेस र एमाले मिलेर मुलुकुको राजनीतिक संकमण जस्तो अवस्थालाई बाहिर निकाल्न सक्नुपर्नेमा जोड दिँदै उनले भने,‘ तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा छैन । ’

उनले केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्ने दाबी गरे । कार्कीले तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस नभएको र केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्ने बताएका हुन् ।

कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर काँग्रेसले अमर्यादित खेल खेलेको आरोप समते लगाए ।

‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गएको र आज सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ । उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्