पूर्वप्रम भट्टराईद्वारा विराटनगरको हाजी आँखा अस्पतालमा आँखा परीक्षण

<span class='c1'>पूर्वप्रम भट्टराईद्वारा विराटनगरको हाजी</span> <span class='c2'>आँखा अस्पतालमा आँखा परीक्षण</span>

विराटनगर। विराटनगर १४ रानीस्थित हाजी आँखा अस्पतालमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आँखा जाच गरेका छन्।

मंगलबार विराटनगर आएका बेला भट्टराईले आँखा जाँच गराएका हुन् ।

अस्पतालमा कोरिया र इटलीमा निर्मित अत्यधुनिक स्वचालित उपकरणहरूको सहयोगबाट आँखाको सम्पूर्ण उपचार गरिने अस्पतालका सञ्चालक तेजलाल कर्णले बताए ।

सीमा नजिक अस्पताल खोलिएका कारण भारतीय नागरिकहरूले समेत सेवा लिदै आएका छन् । अस्पतालमा कम्प्युटराइज मेशीनद्धारा आँखाको जाँच, जलबिन्दुको जाँच तथा शल्यक्रिया, आँखाको ढकनी तथा आशु नली सम्बन्धी सम्पूर्ण शल्यक्रिया, आँखामा मासु पलाएको, गाँठो परेको तथा ट्युमरहरूको शल्यक्रिया, आँखाको कस्मेटिक शल्यक्रियादेखि कृत्रिम आँखा सेवा पनि प्रदान हुने गरेको छ ।

१० करोड लगानीमा २०७९-८-२६ गतेदेखि अस्पताल संचालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्