विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अहिले आफूसँग बोल्ने कुरा नभएको बताएका छन् ।
सभामुख गौतमलाई राजीनामा दिन लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,‘म सँग बोल्न कुरा नै छैन, छैन, छैन, अहिले राजीनामा भन्दा पनि बोल्ने कुरा नै छैन । ’
कोशी प्रदेश सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभामुख गौतमले राजीनामा दिने तयारी गरेका हुन् ।
माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पु¥याउन सभामुख गौतमले राजीनामा दिने जानकारी दिएका हुन् ।
कोशीमा नयाँ सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ। तर, गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पु¥याउने निर्णयमा पुग्न बाध्य भएको हो। एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्।