मिटरब्याजको ऋण तिर्न नसक्दा विराटनगरमा एकजनाको मृत्यु

मिटरब्याजको ऋण तिर्न नसक्दा विराटनगरमा एकजनाको मृत्यु

विराटनगर । मिटरब्याजी पीडित भएर जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएको बेला साउन ७ गते विष सेवन गरेका कटहरी–३ का बिनित सोनारको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ । बैकिङ कसुर मुद्दामा अदालतको आदेश अनुसार प्रहरीले पक्राउ गर्न खोजेपछि सोनारले सिडिओ कार्यालय परिसरमै विषय खाएका थिए । उनको नेबोल अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा सोनार परिवारले दिएको उजुरीका आधारमा विपक्षी डा.नितेष तिवारीसँग प्रशासनले छलफल राखेको थियो । डाक्टर तिवारीले सोनारकी श्रीमती रिता सोनार र भाई अजित सोनारलाई ७ लाख ऋण दिएर १५ लाख असुल्दा समेत बाँकी १२ लाख रहेको भन्दै दवाव दिदैं आएको थियो । बिनितकी श्रीमती रिता र भाई अजित विरुद्ध डाक्टर तिवारीले बैकिङ कसुर मुद्दा दायर गरेका थिए । जसमा अदालतले पक्राउ गर्ने आदेश दिएको थियो । यद्यपी कारोबार गरेको आधिकारिक रेकर्ड भने छैन । तर, सोनार परिवारका सदस्यको चेक बाउन्स भएपछि उनीहरु विरुद्ध तिवारीले मुद्दा हालेका थिए ।

सोनार परिवारलाई अदालतमा चेक बाउन्स मुद्दाको आदेश हुँदा, तिवारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दर्ता भएको थियो । त्यहि विषयको छलफल सकेर बाहिरिने क्रममा प्रहरीले बिनितलाई पक्राउ गर्न खोजेको थियो । तर, बिनित विरुद्ध अन्य दुईजनाले अदालतमा दर्ता गरेको बैकिङ कसुर मुद्दामा पक्राउ गर्ने आदेश अनुसार प्रहरीले उनलाई जिल्ला प्रशासनमा आएको बखत पक्रन खोजेको दावी छ ।

त्यस क्रममा विष खाएर गम्भीर बनेका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा बिहान ८ः३० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
लेनदेनको कागज नदेखिए पनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए । ऋण लिँदा ज्ञारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा डाक्टर तिवारीले मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए ।

पहिलो छलफल निष्कर्षमा नपुगेपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले पाँच दिन भित्र मिलेर नआएको अवस्थामा उजुरीलाई प्रक्रियामा लैजाने बताएका थिए । यसैबीच यो प्रकरणमा ऋण दिएका डाक्टर र ऋण लिइएको सोनार परिवारबीच मंगलबार समेत छलफल राखिएको थियो । पीडक देखिएका तिवारीका अनुसार दुवै पक्षको छलफल मंगलबार भएपनि बुधबार नै बिनितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्