विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर-५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।

आज दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने तयारी रहेको कोशी प्रदेश प्रहरी विराटनगरका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उनले पत्रकार सम्मेमा घटनाको बारे जानकारी दिने समेत बताए । साउन ४ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डमा सेउती पुल नजिकै गोली प्रहार भएको थियो ।

विराटनगरबाट धनकुटाको मुलघाटबाट घुमेर फर्किने क्रममा धरानको जंगलमा दाहिने कोखमा गोली लागेको थियो ।

उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्