सामूहिक हमलामा परेपछि घरबाट विस्थापित भइन् रेनु : विराटनगरमै प्रहरीले सहयोग नगरेको गुनासो

<span class='c1'>सामूहिक हमलामा परेपछि घरबाट विस्थापित भइन् रेनु</span> <span class='c2'>: विराटनगरमै प्रहरीले सहयोग नगरेको गुनासो</span>

विराटनगर । तीन छोरी र एक छोराको जिम्मेवारी निर्वाह गर्नुपर्ने रेनु मुखिया यतिबेला घर छोडेर माइतीको शरणमा छिन् । श्रीमान् विदेश गएपछि पन्ध्रवर्ष अगाडी विवाह भएर विराटनगर–८ को मुखिया परिवारकी बुहारी भएकी उनलाई त्यहि घर बिरानो भएको हो ।

रेनु गत चैत २८ गतेदेखि विराटनगर–६ स्थित माइती घरमा छोरी र छोरासहित शरणमा बस्दै आएकी हुन् । उनी बस्दै आएको घरमा अभिभावक शुसिला मुखिया (सासु), देवर मनोहर मुखिया र जेठानी–देवरानी कुसुम र रम्भादेवी थिए । तर, श्रीमान् सकलदेव विदेश गएदेखि अभिभावकले दिएको पीडा सहेर उनी घर गरिखान नसक्ने भएको बताउँछिन् ।

एउटै छानामुनी बहुपरिवार जीविका चलाउँदै आएका थिए । रेनु र उनका छोराछोरीका लागि गत चैतमा एकाएक पानी खाने कल बन्द गरियो । त्यहि विषयमा विवाद उत्पन्न हुँदा चैत २८ गते बिहानै उनी र छोराछोरी सामूहिक आक्रमणमा परे । छोरी र नाती÷नातीनीमाथि आक्रमण भएको खबर सुनेर विराटनगर–६ बाट जागो सहनी (रेनुका बुबा) घरमा पुगे । तर, उनीमाथि समेत मनोहर (देवर) ले आक्रमण गरे । सहनीको पछाडीबाट मनोहरले लाठ्ठी बजार्दा टाउकोमो गहिरो चोट लागेको थियो, उनी अस्पतालमा भर्ना हुनुपर्ने अवस्था समेत आयो ।

रेनुकी बहिनी रिङकु सहनीका अनुसार छोरी र नातीनातीनाको संरक्षण गर्न पुगेका बुबामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको थियो । त्यसका आधारमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय मोरङमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता समेत गरेको थियो । तर, प्रहरीले घाउचोट निको नहुँदासम्म आक्रमणमा पर्नेहरुलाई नियन्त्रणमा लिएन ।

घटनाको समय लामो भएपनि रेनुले आफ्ना सन्तान लिएर घर फर्कन सक्ने अवस्था छैन । प्रहरीले घटनालाई समयमै गम्भीरतापूर्वक नलिएका कारण आफुले विस्थापित हुनु परेको रेनुले गुनासो गरेकी छिन् । उनका अनुसार श्रीमान सकलदेव पहिलेपनि विदेश गएका थिए । उसबेला विदेशमा कमाएको पैसा आमाको नाममा पठाउने गरिएको थियो । त्यहि पैसाले जग्गा किनेर बनाएको घर बहुपरिवारका लागि छानो भएको थियो । तर, तीन छोरी र छोरा जन्मिएपछि उनीहरुको पठनपाठनका लागि पैसा आवश्यक पर्न थाल्यो । सकलदेवले पैसा रेनुलाई पठाउन थालेका थिए । त्यसपछि घरमा लफडा सुरु भएको हो । अहिले घर फर्कनै नसक्ने अवस्था भएपछि माईतीको शरणमा बस्नुपर्ने अवस्था सिर्जना भएको हो ।

घटनामा संलग्नमध्ये रेनुकी देवरानी कुसुमले घरगरि खान दिएकी छोरीको घरमा तोडफोड र धाकधम्की दिदैं आउँदा सामान्य धकेलाधकेल भएको बताइन् । उनले आफूमाथि मुद्दा हालेपछि आफूले पनि अदालतमा रेनुका विरुद्ध मुद्दा लगाई दिएको बताइन् । उनले भनिन्–रेनुका बुबा आए, बिजुलीका बल्ब फुटाए, शौचालयको ढोका तोडिदिए त्यसपछि घटना भएको थियो ।

घटनामा प्रहरी बाहेक अन्य पक्षसँग सहयोगी बनेर संलग्न भएका थिए । तर, उनीहरुले कहिल्यै पनि न्यायको कुरा नगरेको पीडित रेनुको भनाई छ । मेलमिलाप गराउने भन्दै अहिले फोन आईरहेको छ, जति गरेपनि कहिल्यै राम्रो भोग्न पाइन । रेनुकी जेठानी रम्भा र देवरानी कुसुम भने दिदीबहिनी समेत हुन् ।

ज्यान मार्ने उद्योगमा दर्ता भएको मुद्दामा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । यद्यपी जिल्ला प्रहरी कार्यालय वडा प्रहरी कार्यालय हाटखोलालाई मान्छे झिकाउन लिखित पत्र पठाएको छ । तर, चैत २९ गतेको लिखित पत्र अहिलेसम्म कार्यन्वयनमा आएको छैन । पारिवारिक सामाजिक वातावरण अझै जटिल बन्दै जाँदा लिखित जाहेरी परेको घटनामा प्रहरीले समयमै गम्भीर बन्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्