विराटनगर । विराटनगर जेसीजद्वारा सुरक्षित महिनावारि सुरक्षित उनी कार्यक्रम सम्पन्न गरिएको छ ।
विराटनगर जेसीजको स्थायी प्रोजेक्ट जेसी बाल सदनमा आयोजित कार्यक्रममा महिनावारीसंग सम्बन्धी बिषयमा सचेतना प्रदान गर्नुका साथी छात्राहरुलाई सेनिटेरी प्याड समेत वितरण गरिएको थियो । विराट हेल्थ केयर इण्डष्ट्रिजको सहकार्यमा प्याड वितरण गरिएको थियो ।
महिला प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर बाल कृष्ण साहले सहजिकरण गरेको सचेतना कार्यक्रममा महिनावारी , यसले शारिरिक रुपमा पार्ने प्रभाव , सरसफाइ , भ्रम र यथार्थका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण गरेका थिए । एक जना महिलाले जीवनकालमा पचास हजारभन्दा बढीको प्याड प्रयोग गर्ने गरेको अध्ययनले देखाएको डाक्टर साहले जानकारी दिए ।
सेवा सप्ताह अन्तर्गतका कार्यक्रम अन्तर्गत महिला स्वास्थ्यलाई सुरक्षीत राख्नका लागि र सचेतना जगाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले बताए । आगामी दिन मा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने र विद्यालय शिक्षा कार्यक्रम अन्तरगत कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए ।
विद्यालय तहमा रहेका बालिकाहरुको उपस्थिति रहेको कार्यक्रममा बालिकाहरुले आफुलाई लागेका जिज्ञासा राखेका थिए भने डाक्टर साहले सो जिज्ञासाको समाधान गर्नु भएको कार्यक्रम संयोजक मेलिना कार्कीले दिईन ।
जेसीजको सेवा सप्ताह अन्तर्गत रक्तदान , स्वास्थ्य शिविर र संसारीमाई स्थान सरसफाई अभियान लगायतका कार्यक्रम सम्पन्न हुने विराटनगर जेसीजका महासचिव अमित अग्रवालले बताए ।
कार्यक्रममा विराटनगर जेसीज बोर्ड , पदाधिकारी ,पुर्व अध्यक्षहरु , स्कुलका प्रिन्सिपल लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।