कोशीका १४ जिल्लामा प्रहरी कारवाही : एकवर्षमा आठ हजार मुद्दा दर्ता, बाउन्न करोड राजश्व

<span class='c1'>कोशीका १४ जिल्लामा प्रहरी कारवाही : एकवर्षमा</span> <span class='c2'>आठ हजार मुद्दा दर्ता, बाउन्न करोड राजश्व</span>

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय मातहतका १४ जिल्लामा एक वर्षको अवधीमा आठ हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । एकवर्षमा दर्ता भएकामध्ये दुईहजार ७७३ वटा फस्र्यौट भएको छ । एकवर्षको अवधीमा ५२ करोड बढी राजश्व प्रहरीले संकलन गरेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९÷०८० को बार्षिक कार्य सम्पादन समिक्षा प्रगति बिबरण बुधबार सार्वजानिक गरेका हुन् । प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौता तथा कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान प्रभावकारी भएको डिआईजी बास्तोलाको भनाई छ ।

प्रहरीमा समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा जस्ता मुद्दा दर्ता हुने गर्दछन् । यसमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको दावी गरिएको छ ।

आर्थिक बर्षमा ८ हजार ७ सय १९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भएका थिए । कानूनी कारवाही भईरहेको तथा फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १ हजार ४ सय ६६ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । उनीहरुबाट ९ सय ४३ बर्ष ७ महिना २ दिन कैद र ४ करोड २४ लाख १२ हजार ३ सय २२ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १०० जना मानिस पक्राउ गर्नुका साथै २६ करोड ९८ लाख ३८ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ७४ जना मानिस र ३३३ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ हजार ९ सय ६१ क्यू।फिट। काठ बरामद गरी १ करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापनतर्फ यस आर्थिक बर्षमा ट्राफिक नियम उलंघन गर्ने ३ लाख १ हजार ७ सय ४९ वटा सवारी साधनलाई कारवाही गर्दा २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा ५ हजार ८ सय १५ केजी ४९२ ग्राम ७०० मिलीग्राम, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर २ केजी ७९ ग्राम ८४९ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु २७ हजार ६ सय १८, मनोद्धिपक एम्पुल १० हजार १ सय ७५ र मनोद्धिपक औषधीहरु ३१७ क्याप्सुल नियन्त्रण गरिएको र १ हजार ७ सय ६३ रोपनी क्षेत्रफलमा लगाएको ६ लाख ७५ हजार ३ सय १४ बोट गाँजा नष्ट गरिएको छ ।

यस आर्थिकमा कुल ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ । यसका साथै यस आर्थिक बर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश भरी बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु तिब्रताका साथ संचालन गरिएको छ । जस अन्तरगत साईबर अपराध, आत्महत्या न्युनिकरण, ट्राफिक सचेतना, घरेलु हिंसा, महिला हिंसा, मानव बेचबिखन लागुऔषध दुर्ब्यसन लगायत ३६ हजार ८ सय ८१ स्थानमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरीएको र उक्त कार्यक्रमबाट १० लाख ३१ हजार ३५१ जना भन्दा बढी नागरीकहरु लाभान्वित भएको कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्