विराटनगरमा रगतको अभाव

<span class='c1'>विराटनगरमा रगतको</span> <span class='c2'>अभाव</span>

विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरमा केही दिन यता रगतको अभाव देखिएको छ ।

रक्त सञ्चार केन्द्रमा सबै समुहका रगतको अभाव रहेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराटनगरमा रगतको अभाव सिर्जना भएको हो ।

विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरु भएका कारण टाढा टाढाबाट विरामीहरु आउने हुँदा रगतको माग पनि उच्च छ । माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना भएको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुबोध सिंहले बताए । विराटनगरमा दैनिक एउटा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । जसले गर्दा केन्द्रमा रगत अभाव कम गर्न मद्दत पुगेको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सिंहले जानकारी दिए। नियमित रक्तदान कार्यक्रमका लागि उनले आग्रह गरेका छन् ।

सहज रुपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको सभापति सिंहले जानकारी दिए । उनले विराटनगरका संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गरेर रगत अभाव हटाउन पनि आग्रह गरे । रगतको अभाव भएपछि रगत दिइनु पर्ने अवस्थाका बिरामीका आफन्तहरुले बढी हैरानी व्यहोर्नु परेको छ । हस्पिटलमा चिकित्सकले रगत चढाउनु पर्छ भनेपछि उनीहरु सम्बन्धित समूह रगतको खोजीमा भौंतारिनु पर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था भोग्नु परेको छ ।

रक्त सञ्चार केन्द्र विराटनगरमा दैनिक ८० देखि १०० पिन्ट रगतको माग हुने गरेको छ। कतिपय नियमित रगत दिइनु पर्ने बालबालिकाहरुलाई समेत अभावका कारण रगत उपलब्ध गराउन नसकेको केन्द्रले जनाएको छ ।

विराटनगरमा गर्मी बढी हुँदा रक्तदान कार्यक्रममा समेत प्रभाव परिरहेको दावी छ । विराटनगरमा एक दिन रक्तदान कार्यक्रम भएन भने अझ बढी रगतको अभाव हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्