विराटनगर । कोशी प्रदेशमा एकवर्षको अवधीमा तीनलाख एक हजार ७४९ सवारी साधन कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालयले प्रदेशका १४ जिल्लामा गरेको कारवाहीमा तीनलाख बढी सवारी परेका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको तथ्यांक अनुसार एकवर्षको अवधीमा ट्राफिक प्रहरीको कारवाहीबाट मात्रै २३ करोड ४६ लाख ६६ हजार राजस्व संकलन भएको छ ।
जबकी कोशी प्रदेश प्रहरीले एकवर्षको अवधीमा ५२ करोड १७ लाख ७८ हजार ८७२ रुपैँया राजश्व संकलन गरेको थियो ।
प्रहरीको समग्र कारावहीमध्ये ट्राफिक प्रहरीको कारवाही धेरै देखिएको हो । प्रहरीले विभिन्न किमिसका कारवाहीबाट संकलन गरेको राजश्वको ठूलो हिस्सा ट्राफिक प्रहरीकै रहेको छ ।