मिटरब्याज असुली दवावमा मृत्यु भएपछि लगानी गर्ने विराटनगरका डाक्टर पक्राउ

मिटरब्याज असुली दवावमा मृत्यु भएपछि लगानी गर्ने विराटनगरका डाक्टर पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पतालमा कार्यरत डाक्टर नितेश तिवारीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

कटहरी–३ का बिनित सोनारलाई मिटरब्याजमा ऋण लगानी गरेर अनुचित लेनदेनका लागि दवाव सिर्जना गर्दा हतोत्साहित भई विष सेवन गरेर मृत्यु भएपछि पीडित परिवारको जाहेरीका आधारमा तिवारीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकका अनुसार मृतक बिनितका भाई अजितको जाहेरीका आधारमा तिवारीलाई साउन १७ गते पक्राउ गरिएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान समेत सुरु गरिएको छ ।

डाक्टर तिवारीले मृतकका श्रीमती रिता सोनारलाई सातलाख ऋण लगानी गरेर १५ लाख रुपैँया असुल गर्दा समेत अझै १२ लाख भएको भन्दै बुझाउन दवाव दिएको आरोप थियो । यहि आरोपमा रिताले जिल्ला प्रशासन कार्यालय मोरङमा तिवारी विरुद्ध उजुरी दिएकी थिइन् । त्यहि उजुरीउपर दुई पक्षबीच छलफलका लागि जिल्ला प्रशासनमा आएको बखत सोनारलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा उनले विष सेवन गरेर गम्भीर घाईते भएका थिए । त्यसपछि उनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तिवारीले ऋण नै नलिएका व्यक्तिलाई बारम्बार धाकधम्की दिदैं आएको आरोप छ । सोनार परिवारका सदस्यको खाली चेक लिएर बाउन्स गराई अदालतमा बैकिङ्ग कसुरमा मुद्दा दर्ता गरेको आरोप छ । प्रहरीले भने बिनितलाई नियन्त्रणमा लिदाँ अन्य दुईजनाको चेक बाउन्स मुद्दामा अदालतको आदेश कार्यन्वयनका लागि गरिएको बताउँदै आएको छ । यद्यपी डाक्टरले धेरै टर्चर दिएको आरोप परिवारका सदस्यले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्