विराटनगर भित्रको शान्त वातावरणमा ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’

विराटनगर भित्रको शान्त वातावरणमा ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’

विराटनगर । विराटनगर १९ घिनाघाटस्थित ड्रिम गार्डेन परिसरमा ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’ शान्त र परिवारिक वातावरणका लागि उत्कृष्ट रोजाईमा पर्दै गएको छ ।

गुणस्तरीय खानाका विभिन्न परिकार र शान्त वातावरणमा सञ्चालित ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’ शहर भित्रको वातावरणलाई शान्त तुल्याउने रोजाईमा पर्दै गएको हो ।


विराटनगरको शहर भन्दा बाहिर तर नजिक रहेको एकान्त र शान्त ठाँउमा प्राकृतिक वातावरणमा रमाउन ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’ रहेको संचालक सृजन हुमागाईले बताए ।
विराटनगरको त्यो कोलाहल भीडलाई थाति राखेर एकैछिन भए पनि मनलाई आनन्द बनाउनको लागि मानिसहरु रेष्टुरेन्ट आउने संचालक हुमागाई जानकारी दिए ।

हुन त ड्रिम गार्डन भित्र स्वीमिङ पुल, बाल मनोरन्जनको लागि चिल्ड्रेन पार्क, पाकिङका लागी छुटै स्थान पनि रहेको छ । शान्त वातावरण र पारिवारीक जमघट हुने ‘ ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट ’ ’मा साथीहरुसग मिलेर त्यहाँ टिकटक बनाउनेदेखी फोटो सेसनका लागि पनि दैनिक मानिसहरु जाने गर्दछन् ।
नयाँ कन्सेप्ट सहित संचालनमा ल्याइएको द म्यान्ग्रोभ रेन्टुरेन्टमा ताजा र फ्रेस खानाका विभिन्न परिकारहरु पाईने समेत हुमागाईले जानकारी दिए ।

साथै छिट्टै नै ड्रिम गार्डेन भित्र व्याङक्युट हल पनि संचालनमा ल्याईने तयारी रहेको छ । ‘द म्यान्ग्रोभ रेष्टुरेन्टका संचालक सृजन हुमागाईले एक पटक यहाको वातावरणमा रमाउनको लागी आउन आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्