विराटनगरबाट लापसे गरी सवारी साधान चलाउने नौँ जना चालक प्रहरी नियन्त्रणमा

विराटनगरबाट लापसे गरी सवारी साधान चलाउने नौँ जना चालक प्रहरी नियन्त्रणमा

विराटनगर । जोगवनीबाट लागु पदार्थ सेवन गरेर सवारीसधान चलाउने ९ जनालाईप्रहरीले विराटनगरबाट नियन्त्रणमा लिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध ब्युरोको टोलीले शुक्रबार लागुऔषध पदार्थ सेवन (लापसे) चेकजाँचको क्रममा ९ जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध ओसारपसार तथा नियन्त्रणको लागी प्रहरीले चालेको अभियान अन्तर्गत विराटनगर १६ स्थित दक्षिणगेटमा सवारी साधन चलाउनेहरुलाई चेकजाँच गर्ने क्रममा ९ जनाको लापसे पोजेटिभ देखा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख सुनिल कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

लापसे गरेको छ कि छैन भन्नको लागी किट प्रविधि मार्फत पिसाब परिक्षण गर्दा ९ जना चालक लागुपदार्थ सेवन गरेको पुष्टि भएको थियो । लागुऔषध प्रयोग गरेको भेटिएका सबैलाई कारवाहीका लागि ईलाका प्रहरी कार्यालय रानीमा पठाईएको छ । यस अघि सिमान्त क्षेत्र रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिएका छन् ।

गत आईतबारदेखी नै दक्षिणी सिमा क्षेत्र नेपाल प्रहरीको लागुऔषध व्यूरो, जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी रानीले लापसे अभियान गर्दै आएको रेग्मीले बताएका छन् ।

लापसे अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख श्रेष्ठ, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेल र विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम साहले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसैगरी शुक्रबार नै लापसे सेवन गरेका ५० भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएर प्रशिक्षण पश्चात छोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्