डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु

डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु

डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान-१३ की ३५ वर्षीया महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।

चार हजारभन्दा बढी डेंगी संक्रमित रहेको धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशतभन्दा बढीमा डेंगी संक्रमण पुष्टि हुने गरेको छ । धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् ।

संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । निजी क्लिनिकमा पनि बिरामीको निकै चाप छ । बिरामीको चाप बढेपछि अधिकांश वडा कार्यालयले आफ्नै पहलमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्