कोशी प्रदेश सरकारद्वारा फुङलिङ नगरपालिकालाई दमकल हस्तान्तरण

<span class='c1'>कोशी प्रदेश सरकारद्वारा फुङलिङ</span> <span class='c2'>नगरपालिकालाई दमकल हस्तान्तरण</span>

विराटनगर । मुख्यमत्री अत्यावश्यक केन्द्र संचालनका लागि कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई वारुणयन्त्र तथा पिकअप भ्यान हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रम बिच मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका कोशी प्रदेसका मुख्यमन्त्री उद्धव थापाले एउटा वारुणयन्त्र तथा पिकअप भ्यान सो नगरपालिकाका प्रमुख अमिर मादेनलाई हस्तान्तरण गर्नुभयो ।

मुख्यमंत्री थापाले नगर प्रमुखसहित उपप्रमुख भिमादेवी ओझालाई सवारी साधनको साचो र कागजात हस्तान्तरण गर्नु भएको थियो ।
कोशी प्रदेश सरकाको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि एकिकृत रुपमा सेवा प्रदान गर्न प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकाहरुमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्दै आएको छ ।

कार्यक्रमा बोल्नु हुदै मुख्यमन्त्री थापालो विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्न मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रहरुलाई विभिन्न प्रकारको सहयोग प्रदेश सरकारले गर्दै आएको बताउनुभयो ।

बाढी , पहिरो तथा आगलागी जस्ता विपद् न्यूनीकरणका लागि बारुण यन्त्र तथा पिकअप भ्यान जस्ता सवारी साधनहरुले केहि भएपनि सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले वर्षायाम शुरु हुने वित्तिकै बाढी पहिरोका कारण कोशी प्रदेशमा धनजनको ठुलो क्षति हुने गरेका कारण आगामी दिनमा कुनैपनि विपद् आए त्यसको समना गर्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनुभयो ।

मुख्यमन्त्री थापाले पशुमा लाग्ने लम्किन लम्पी स्किन रोग नियन्त्रणका लागि प्रदेश सरकारले एक करोड मुल्य बराबरको भ्याक्सिन खरिद गर्न लागेको बताउनुभयो । प्रदेशमा डेंगुको संक्रमण दिनप्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागी पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

यता फुङलिङ्ग नगरपालीकाका प्रमुख अमिर मादेनले ताप्लेजुङ सबैभन्दा बढी आगलागी हुने जिल्ला भएका कारण धेरै नै जोखिम मोल्दै आएको बताउनुभयो।
ताप्लेजुङलाई एक थान दमकल हस्तान्तरण भएका कारण अब यहाँका नागरिकहरुले सुरक्षित भएको महसुस हुने बताउदै प्रदेश सरकारलाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुरेश राउतले सेवा केन्द्र संचालनका लागि प्रदेश सरकारले १२ वटा पालिका लाई एक थान वारुण यन्त्र तथा एकथान पिकअप भ्यान हस्तान्तरण गरिसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्