विराटनगरको पूर्वाञ्चल अनाथ आश्रमलाई वर्ल्डलिंकको आर्थिक सहयोग

<span class='c1'>विराटनगरको पूर्वाञ्चल अनाथ आश्रमलाई</span> <span class='c2'>वर्ल्डलिंकको आर्थिक सहयोग</span>

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्शले विराटनगरस्थित पूर्वाञ्चल अनाथ आश्रमलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।

विराटनगर महानगरपालिकाका महानगर प्रमुख नागेश कोइराला र वर्ल्डलिंकका क्षेत्रिय प्रबन्धक शंकर शिवाकोटिले संयुक्त रुपमा सहयोग पूर्वाञ्चल अनाथ आश्रम कि संस्थापिका सिता पोखरेललाई हस्तान्तरण गर्नु भएको हो।

कोशी प्रदेशमा एक लाख भन्दा धेरै सन्तुष्ट ग्राहकको घर परिवारमा पुगेको खुसियालीमा सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रित बालबच्चाको शिक्षा र वृद्धवृद्धाको स्वास्थ्यको लागि आर्थिक सहयोग गरेको वर्ल्डलिंक कम्युनिकेशन्शका क्षेत्रिय प्रबन्धक शंकर शिवाकोटिले जानकारी दिनुभयो।

विक्रम संवत २०४४ साल जेष्ठ १८ गते जिल्ला प्रशासन कार्यालयमा सिता पोखरेलको अध्यक्षतामा विधिवत रुपमा दर्ता भएको पूर्वाञ्चल अनाथ आश्रमले स्थापनाको ४० वर्षमा सयौ बालबालिका र अनाथलाई आश्रय दिएको छ भने हाल करिब ७० जना बालबालिका आश्रित छन्। सुरुमा तिन जना बालबालिकालाई आश्रय दिएर एक मुठी चामल र हरेक घर बाट मासिक २ रुपैयाँ दान संकलन गरेर संस्था चलाउन सुरु गर्नु भएकी सिता पोखरेलले आश्रमका सबै बालबालिकालाई उचित शिक्षा दीक्षा दिदै आउनु भएको छ भने आश्रमबाट बिदा भएकाहरु विभिन्न क्षेत्रमा कार्यरत छन्। सबै आश्रितलाई छोराछोरी भन्ने पोखरेलले हालसम्म ३२ जना छोराछोरीलाई आश्रमबाटै विवाह गरिदिनु भएको छ।

ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २८ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको छ । कम्पनीले देशको ७५ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी सफलता पूर्वक सञ्चालन गरिरहेको छ भने यहि वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो । साथै अग्रणी सेवा प्रदायकको रुपमा वर्ल्डलिंकले नेपालमै पहिलोपटक सर्भिस ग्यारेण्टेड अफर र पब्जी मोबाइल सगको सहकार्यमा पब्जी गेमिङ प्याकेज पनि ल्याएको छ ।

कोशी प्रदेशमा १ लाख भन्दा धेरै घरधुरीमा पुगेको वर्ल्डलिंकले आजको दिनमा देशभर एक सय ७० शाखा मार्फत झण्डै ८ लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँदै आइरहेको सबैभन्दा ठूलो कम्पनीको रुपमा स्थापित भएको वर्ल्डलिंकको दाबी छ । देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उतरचढावहरू भोगेको यस कम्पनीले अहिले १४ हजार पाच सय स्थानमा नि:शुल्क सार्वजनिक वाईफाई सेवा उपलब्ध गराइरहेको छ। यो बर्षभित्र ३० हजार स्थानमा नि:शुल्क सार्वजनिक वाईफाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।

कम्पनीले इन्टरनेट सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्