महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट यातायात व्यवस्था सेवाका चिकित्सक पक्राउ

महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट यातायात व्यवस्था सेवाका चिकित्सक पक्राउ

विराटनगर । महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो रहेको प्रहरीले जनाएको छ ।

आइतबार राती मादक पदार्थ सेवन गरी महिलाको घरमा पुगेर गालीगलौज गरेको आरोपमा डा. महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्का सहायक प्रवक्ता एवम् प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए ।

‘महिलालाई गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक डा. दीपेन्द्रकुमार महतोलाई पक्राउ गरिएको छ,’ उनले भने,‘अभद्र व्यवहार मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ।’ उनका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा चिकित्सकमाथि अनुसन्धान सुरु गरिएको हो ।

महतो यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्