जहदामा सातजना छात्रामाथि यौन दुर्व्यवहार : शिक्षक अस्पतालमा सुते, अनुसन्धान घुपचुपमा

जहदामा सातजना छात्रामाथि यौन दुर्व्यवहार : शिक्षक अस्पतालमा सुते, अनुसन्धान घुपचुपमा

विराटनगर । सातजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई जोगाउन दवाव बढेपछि घटनाको अनुसन्धान घुपचुपमा भएको छ । मोरङको जहदा–७ स्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साह विरुद्ध सातजना छात्राहरुले प्रहरीमा जाहेरी दिएका थिए ।

असार ११ गते बालिकाहरुले दिएको जाहेरीका आधारमा प्रहरीले बाल यौन दुर्व्यवहार आरोपमा साह विरुद्ध अनुसन्धान गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार मात्रै बुझाएको थियो । घटनाको यतिका दिनसम्म साहले शक्तिको आड लिएर अस्पताललाई नै न्यायिक हिरासत बनाएको खुलेको छ । साहलाई अस्पतालमा राखेर घटना मिलापत्र गराउन केहि व्यक्तिहरु लागेको खुलेको छ ।

जिल्ला सरकारी वकिलमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा अभियोग पत्र दायर गर्ने क्रम मंगलबार समाचार तयार पर्दासम्म तयारीमा रहेको बुझिएको छ ।

तर, घटनामा पीडित भएकाहरुले जहदा गाउँपाकिला शिक्षा शाखामा समेत आफूहरु पीडित भएको भन्दै जानकारी दिएका थिए ।

यसैगरी प्रहरीमा समेत पीडित छात्राहरु र उनका अभिभावक आएर जाहेरी दिएका थिए । विद्यालयका राहत शिक्षक साह भने प्रहरीमा आफैं उपस्थित भएका थिए । उनी, आफै प्रहरीमा हाँजिर भएपछि बिरामी भएको भन्दै अस्पतालमा बसेर केसलाई होस्टायल गर्न खोजेको आरोप छ ।

मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिले बिरामी छु भन्दा अस्पताल लैजानु कर्तव्य भएको बताए । उनले बाल यौन दुव्र्यवहारमा हदैसम्मको सजाय माग दावी गर्दै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गराउने प्रक्रियामा रहेको जानकारी दिएको छ । मंगलबार पीडित बालिकाहरु समेत अदालतमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्