माहेश्वरी महिला मञ्च र रोटरी क्लव अफ विराटनगर फ्युजनद्वारा डेंगु रोक्न झुल वितरण

माहेश्वरी महिला मञ्च र रोटरी क्लव अफ विराटनगर फ्युजनद्वारा डेंगु रोक्न झुल वितरण

विराटनगर । माहेश्वरी महिला मञ्च र रोटरी क्लव अफ विराटनगर फ्युजनले बढ्दो डेंगु नियन्त्रणका लागि विपन्न वस्तीमा झुल अभियान चलाएको छ ।

वितरण दुवै संस्थाले १ हजार झुल वितरण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा ३ सय झूल वितरण गरेको रोटरी फ्युजनका अध्यक्ष विकास राठीले जानकारी दिए। माहेश्वरी महिला मञ्चकी अध्यक्ष पूनम राठीले विराटनगर १२ को बखरी विपन्न वस्तीमा अध्ययन गरेर झुल दिइएको जानकारी दिइन ।

वडाध्यक्ष हिरालाल कामतले सामाजिक संघ-संस्थाले यसप्रकारको सहयोग गरेर डेंगु विरुद्ध अभियान चलाएकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा रोटरियन अर्चना तापडिया, रामअवतार अग्रवाल, गिरिजा सारडा, नेपाल मारवाडी महिला संगठनकी निवर्तमान केन्द्रीय अध्यक्ष रचना राठीलगायतको सहभागिता थियो । हाल विराटनगरमा समेत डेंगुको प्रभाव देखिन थालेको छ ।

धरानमा अत्यधिक बढेपछि यहाँ पनि प्रभाव देखिएको तर, नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्