विराटनगरमा वैदेशिक शिक्षामा जान चाहनेहरुका लागि परामर्श दिन ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी’

विराटनगरमा वैदेशिक शिक्षामा जान चाहनेहरुका लागि परामर्श दिन ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी’

विराटनगर । उच्च शिक्षाका लागि अध्ययन गर्न विभिन्न देश जाने विद्यार्थीहरुको संख्या बढी रहेको अवस्थामा विराटनगरमा नेपालमा ख्यातिप्राप्त 'द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी' को परामर्श सेवा सुरु भएको छ ।

सन् २००५ मा स्थापित 'द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी'ले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिंदै आएको छ ।

काठमाडौंको बानेश्वरमा 'दि नेक्स्ट सेन्टर ' केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा ,दमक , भैरहवा, ,नारायणगढ,पर्सा, अष्ट्रेलियास्थित सिड्नीमा शाखा कार्यालयहरु क्रियाशील रहेका छन्।

अब कोशी प्रदेशको राजधानी विराटनगरमा पनि आफ्नो ११ औँ शाखा खुलेको छ । 'द नेक्स्ट एजुकेसन कन्सलटेन्सि' को विराटनगर शाखा रेन्बो गल्लि , ट्राफिक चोकमा रहेको छ ।

द नेक्स्टले अस्ट्रेलिया, क्यानडा, युके, युएसए, आयरल्याण्ड तथा न्युजील्याण्डमा पढ्न जना चाहने विद्यार्थीहरुका लागि परामर्श प्रदान गर्दै आएको छ ।

विदेश पढ्न जाने विद्यार्थीको पहिलो रोजाईमा पर्न सफल द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई विभिन्न देशमा शिक्षाको अवसर सिर्जना गरिसकेको छ । १८ बर्षको लामो अनुभवको माध्यमबाट विद्यार्थीहरुलाई इन्फरमेसन, राम्रो छात्रवृत्ति, विश्वविद्यालय , साथै उक्त देश पुगेपछिका सहायताका पाटोमा पनि सहजता प्रदान गर्दै आएको 'द नेक्स्ट एजुकेसन कन्सलटेन्सि'ले जनाएको छ ।

हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्शसँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ परामर्श सेवा सुरु गरेको द नेक्स्टका विराटनगर शाखाका निर्देशक जयस ताम्रकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्