विराटनगरका दुई अस्पतालबाट डेंगुको किट परीक्षण निःशुल्क सेवा

विराटनगरका दुई अस्पतालबाट डेंगुको किट परीक्षण निःशुल्क सेवा

विराटनगर । विराटनगर महानगरपालिकाको डेंगु रोग संक्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिका भित्र डेंगु रोग पहिचानका लागि रानी अस्पताल र बैथनाथपुर अस्पतालमा किट परीक्षण सेवा सञ्चालनमा ल्याएको हो ।

महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा चिकित्सकको सिफारिसका आधारमा महानगरपालिकाले दुई स्थानमा किट परीक्षण सेवा सुरु गरेको हो ।

विराटनगर महानगरपालिका बाहेक डेंगुको किटबाट परीक्षण गर्दा निजी अस्पतालहरुका लागि समेत शुल्क निर्धारण गरिएको छ । जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेर किट परीक्षणको शुल्क छ सय रुपिँया तोकेको स्वास्थ्य शाखा प्रमुम अलीले जानकारी दिनुभयो ।

महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासँग भएको छलफलपछि डेंगुको किटबाट परीक्षण गर्दा तत्कालका लागि ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको अलीले हो ।
बैठकमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, निजी अस्पतालहरुको संस्था अफिनका अध्यक्ष डा. शंकर अधिकारी, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डैन्ट चन्द्रभाल झा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रकाश कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, मेलानका केन्द्रीय उपाध्यक्ष प्रयाग पन्तको उपस्थिति रहेको थियो ।

यसैगरी विराटनगरका अस्पतालहरुमा नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, न्यूरो अस्पताललगायतका प्रतिनिधिलाई सहभागी गराइएको थियो ।

विराटनगरस्थित न्यू मोरङ डाइगोनोष्टिक सेन्टरसहितका केही स्वास्थ्य संस्थाहरुले डेंगु परीक्षण गर्दा १८ सय रुपैयाँ लिएको भन्दै महानगरमा गुनासो आएको थियो । गुनासो सम्बोधन गर्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गर्न सरोकारवाला सहमत भएका हुन् । डेंगुको महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी सेवा विराटनगरस्थित कोशी कोभिड अस्पताललाई तीन तहका सरकारले नै डेंगु संक्रमण उपचारका लागि प्रयोगमा ल्याउने तयारी समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्