विराटनगरमा लायन्स र क्वालिटीको संयुक्त रक्तदान

विराटनगरमा लायन्स र क्वालिटीको संयुक्त रक्तदान

विराटनगर । पछिल्लो समय मुलुकमा ब्याप्त सरुवा तथा भाईरल बिरामी बढे सगै रगतको अभाव भईरहेका बेला लायन्स क्लब ईन्टरनेसल डिस्ट्रि«क ३२५ सी एम डी ३२५ र काबरा जि ग्रूपले संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । लायन्स क्लब बिराटनगरको आयोजना तथा काबरा जि ग्रुपको क्वालिटी थाई फुड्स हाता भित्र रक्तदान गराइएको हो ।

रक्तदानमा १ सय २३ जना रक्तदाता सहभागीता जनाएका थिए । जसमा १९ जना महिलाको समेत सहभागीता रहेको जनाईएको छ । पछिल्लो समयमा अस्पतालमा बिरामीको चाप बढेसगै रगतको अभाव भएको बिराटनगर रक्त संचार कार्यलयले जनाएको छ ।

कार्यक्रममा लायन्सका अध्यक्ष हेमन्त मारुले रक्तसंचारमा रगत अभाव भएको जानकारी पाएपछी काबरा जि ग्रुप संग सहकार्य गरी रगत संकलनको काम गरेको जानकारी दिए । मारुका अनुसार उक्त अवसरमा रक्त दाता तथा उपस्थित अन्यको प्रेसर तथा सुगरको समेत निःशुल्क जा“च गरिएको थियो ।

पछिल्लो समय डेङगु तथा झाडा पखाला तथा प्राकृतिक बिपत्तीका कारण अस्पतालहरुमा बिरामीको संख्या एकाएक बढेको चिकित्सकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्