एक्स्पर्ट एजुकेशनद्धारा विराटनगरको पूर्वाञ्चल अनाथ आश्रमलाई शैक्षिक सामग्री वितरण

एक्स्पर्ट एजुकेशनद्धारा विराटनगरको पूर्वाञ्चल अनाथ आश्रमलाई शैक्षिक सामग्री वितरण

विराटनगर । अस्ट्रेलियन एजुकेशनको परामर्श दिदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको २० औँ वार्षिकोत्सवको अवसरमा बालआश्रमका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको विराटनगर शाखाले सोमबार एक कार्यक्रमको आयोजना गरी विराटनगर १३ मा रहेको पूर्वाञ्चल अनाथ आश्रमलाई शैक्षिक सामाग्री तथा खाद्यन्न सामग्री वितरण गरेको हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको विराटनगर शाखा प्रमुख अनुभव दाहालको नेतृत्वमा आश्रमकी आमा सिता पोखरेललाई कपी, डटपेन , पेन्सिल , क्यालकुलेटर लगायत खाद्यन्न सामग्री हस्तान्तरण गरेका थिए ।

एक्सपर्ट एजुकेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री तथा खाद्यन्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस विराटनगर शाखा प्रमुख अनुभव दाहालले जानकारी दिनुभयो ।

हस्तान्तरण गरिएको सामग्रीले आश्रमका बालबालिकालाई ठुलो राहत मिल्ने आश्रमकी आमा सिता पोखरेलले बताउनुभयो ।

हाल आश्रममा ७० भन्दा बढी बालबालिका तथा वृद्धाआमाहरु बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्