महिला उद्यमीका गुनासा : अवसरका लागि पहुँचमा समस्या

महिला उद्यमीका गुनासा : अवसरका लागि पहुँचमा समस्या

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिले कोशी प्रदेशको पाँच वटा स्थानीय तहलाई समेटेर कार्यक्रम आयोजना गरेको हो ।

विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिकाका २५ महिला उद्यमीहरु सहभागिता रहेको कार्यक्रममा उद्यमशीलताको लागि सुचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकास सम्बन्धी कार्यक्रमहरु पहुँच आधारित हुने र वास्तविक उद्यमीहरु उक्त अवसरबाट वञ्चित भएको जस्ता गुनासाहरु उठेका थिए । साथै, बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा प्रभाव न्यायोचित नभएको सबै उद्योग प्रतिष्ठानलाई एकै नजरले हेर्ने गरिएकाले पनि लघु तथा घरेलु उद्यमीहरु मर्कामा परेको बताएका थिए ।

कार्यक्रममा सहभागीहरुले व्यवसायिक प्रवर्द्धनका लागि स्थापना भएका संघसंस्थामा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएको कारण महिला उद्यमीहरूको आवाज अहिलेसम्म बुलन्द हुन नसकेको कुरा बताएका थिए । उक्त कार्यक्रममा कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रा.लि.का डेप्यूटी टिम लिडर अनिरुद्र न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रमका महिला उद्यमी समिति अध्यक्ष सरु केसीले सोच, सुचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने कुरा बताउदैं महिला उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदैव तयार रहेको बताउनु भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकास सम्बन्धी कार्यक्रम र सेवा प्रभाव सम्बन्धि जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्