बजारमा महंगियो टमाटर, भान्सामा छैन चटनी

बजारमा महंगियो टमाटर, भान्सामा छैन चटनी

विराटनगर । बजारमा टमाटरको मूल्य आकासिएको छ । टमाटरको मूल्य बृद्धि भएसँर्गै माग घटेको छ। बजारमा केही हप्ताआघि प्रतिकिलो ४० देखि ५० रुपैँया रहेको टमाटर अहिले प्रतिकिल्लो १०० रुपैयाँमा थोक कारोबार भईरहेको छ । खुद्रा बजारमा १२५ रुपैँयामा प्रतिकिलो टमाटर बिक्री भईरहेको छ ।

‘हिजो टमाटरको मूल्य थोक बजारमा १२५ प्रतिकिलो थियो, खुद्रा बजारमा १६० देखि १७० प्रतिकिलो कारोबार भएको थियो’ बिराटनगर गुद्री बजार संचालक समितिका सचिव अहमद साहेब गुड्डु मियाँले भने–भान्सा दैनिक महंगो बन्दै गएको छ । उनका अनुसार कृषकले उचित बजार मूल्य नपाएको भन्दै सडकमा टमाटर फालेर आन्दोलन गरेको आधारमा मूल्य आकासिएको बताए ।

पहिलाको तुलनामा अहिले टमाटरको बिक्री कम हुँदै गएको छ । उपभोक्ता दिपक ठाकुरले मूल्य बढेकोले गर्दा टमाटर खरिद घटाएको बताए । उनले पहिले २–३ केजीसम्म टमाटर खरिद गर्ने गरेको भएपनि अहिले एक केजी मात्रै लाने गरेको बताए । उनले तरकारीको सूचिमा अनिवार्य जस्तै पर्ने टमाटर अहिले भान्सामा कम हुँदै गएको बताए ।

पानी पर्ने समय अर्को मूल्य आकासिनुको कारण हो । यो सिजन टमाटर उत्पादन कम हुनेमा पर्दछ । लगातार पानी परेपछि उत्पादन भएको टमाटर समेत चाँडै बिग्रने समस्या आउँछ । उत्पादनमा हुने समस्यासँगै नेपाली टमाटर भारत निर्यात हुँदा समेत अहिले कम हुने गरेको ब्यापारीको दावी छ । भारतले आफ्नो उत्पादन बढी हुँदा आयात नखुलाउने र उत्पादन कम हुँदा आयात खुलाउने गरेर नेपाली व्यापारीमाथि खेलबाड गर्ने गरेको उनीहरुको गुनासो छ ।
(इन्दु साह, प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्