विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उपमहानगरपालिका- ८ का २९ बर्षीय बुद्ध श्रेष्ठ र २३ बर्षीय राकेश प्रधानलाई शंकास्पद अवस्थामा फेला पारि चेकजाँच गर्दा उनीहरुको साथबाट लुपिजेसीक, फेनारागन, एभिल र डाइजेपाम गरी जम्मा ८४ एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल