विराटनगरको एमएम प्लाष्टिक उद्योगमा आगलागी, तीन करोड क्षति अनुमान

<span class='c1'>विराटनगरको एमएम प्लाष्टिक उद्योगमा आगलागी,</span> <span class='c2'>तीन करोड क्षति अनुमान</span>

विराटनगर । विराटनगर–१४ स्थित एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी हुँदा करिब तीन करोड बराबरको क्षति भएको छ । उद्योगका सञ्चालक सुयेश प्याकुरेलका अनुसार बिजुली हाउस पावर हाउस रुममा सर्किट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्लाष्टिकका सामाग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुइँ तलामा ‘युपिएस रूम’ रहेको थियो । उद्योगको पावर सप्लाई रुममा आगलागी भएपछि उद्योगको उत्पादन समेत रोकिएको छ ।

सञ्चालक प्याकुरेलले अझै ४–५ दिनमा पावर सप्लाई मिलाउन लाग्नेछ ।
मोरङ प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकलले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्