मन्त्री डिगबहादुर लिम्बु भन्छन्– विराटनगर क्रिकेट रंगशालालाइ डिपीआर सकिएपछि दुई अर्ब ल्याउँछु

मन्त्री डिगबहादुर लिम्बु भन्छन्– विराटनगर क्रिकेट रंगशालालाइ डिपीआर सकिएपछि दुई अर्ब ल्याउँछु

विराटनगर । विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको लागि अहिले तीन करोडको बजेट बिनियोजन भएपनि डिपीआर सकिएपछि दुई अर्बको लागतमा दुई बर्षभित्रमा अत्याधुनिक रंगशाला निर्माण हुने यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन ।

पूर्व प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बन्न लागेको रंगशालामा बजेट थोरै भयो भनेर आलोचना गर्नेहरुका लागि जवाफ दिदै मन्त्री लिम्बुले डिपीआर फाइनल भएपछि करिब दुई अर्बको बजेट बिनियोजन गरेर निर्माणको काम सुरु गरिने जानकारी दिए ।

क्रिकेट मैदान, स्वीमिङ पुल, कवर्डहल, फूटबल मैदान समेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रंगशाला खास किसिमको हुने छ । मन्त्रीले लिम्बुका अनुसार अहिले कन्सलटेन्टले डिपिआर तयार गरिरहेको छ त्यो सकिएर फाइनल भएपछि अर्थमन्त्रालयका सचिवसंग बसेर बजेटको सुनिश्चिता गरि निकासी गरिने छ । लिम्बुले जस्ले जे आरोप लगाएपनि म स्वागत गर्छु भन्दै गिरिजाप्रसाद कोइरालाको नाममा बनाउने कसैले आपत्ती प्रकट गर्नुपर्ने म देख्दिन । उहाँ एउटा प्रजातान्त्रिक योद्धा समेत भएको र सबैले आदर गर्ने ब्यक्तित्व भएकाले उहाँको नाममा नै बनाउने हो ।

मन्त्री लिम्बुले भने ‘बैजनाथपुरमा रंगशाला बन्दा त्यो क्षेत्रका मानिसको रोजगारी बढ्छ, जमिनको भाउ बढ्छ । तर भन्ने मानिसको मुख थुन्न सकिदैन । तर मेरो लक्ष त्यो रंगशाला बनाउने नै हो । अहिले थोरै बजेट आयो भनेर भन्ने हरुले भोलि कति धेरै बजेट ल्यायो भनेर भन्नेवाला पनि छैनन । त्यस कारण जस्ले जे भनेपनि रंगशाला बन्छ । डिपिआर फाइनल भएपछि दुई बर्ष भित्रमा रंगशाला बन्छ । मूलपानी र यो रंगशालाको डिपिआरको काम भइरहेको छ ।’

मन्त्री लिम्बुले चीनमा हुने एशियाली खेलकुदमा भाग लिन नेपाली खेलाडीहरु प्रशिक्षणमा रहेको र सबैले आशा गरे जस्तै आफूले पनि त्यहाबाट म्यालडल आओस भन्ने नै अपेक्षा गरेको बताए । कुनै पनि खेल खेल्न जाता जित्ने उद्येश्य राखेर नै खेल्न जाने भएकाले नेपालले पनि जित्ने उद्येश्यका साथ खेल्ने उल्लेख गरे ।

भ्रष्टचारीलाई सजया हुन्छ सरकार चुक्दैन
सरकारले ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुनकाण्डका दोषी उपर कारवाहिका लागि अनुसन्धान गर्ने क्रममा जब सत्ताका नेताहरु नजिक पुग्छ अनि अनुसन्धान फितलो हुदै जाने र अन्तरमा आरोपीले मुक्ती पाउने शैली यो पटकको अनुसन्धानमा पनि देखियो । मन्त्रालयका सचिव पक्राउ परे तर माधव नेपाल विना रोकतोक विदेश भ्रमणमा गए भन्ने जिज्ञासामा मन्त्री लिम्बुले सरकार भ्रष्टचारीलाई कारवाही गर्न नचुक्ने बताए ।

सरकारले काम गरिरहेको छ त्यसमा आशंका गरि हाल्नुपर्ने अवस्था छैन । अनुसन्धानको क्रममा भएकाले अहिले नै यहि हुनुपर्ने हो भन्ने आम बुझाई र संचारमाध्यमको लेखाइपनि अलि बढी हतारमा भएको हो की भन्ने आफूलाई लागि रहेको बताउदै लिम्बुले सरकार कसैप्रति पनि नरम नरहेको बताए । सबैले अनुसन्धानलाई सकारात्मक रुपमा लिएर सरकारलाई काम गर्न दिनु पर्छ ।

अहिले नै शंसय ब्यक्त गरि हाल्नु पर्ने अवस्था होइन । समस्याको जडमा पुग्दा जो पनि दोषी देखिन सक्छ र पक्राउ पर्छ । सरकारले गरेको काममा सकारात्मक वातावरण बनाउ ।
पार्टीको केन्द्रिय समितिको बैठकमा बालकृष्ण खाँडलाई पार्टीबाट निष्काशन गर्ने गरि कारवाहि नभएको बिषयमा राखिएको जिज्ञासामा उनले आफूहरुले पार्टी भित्रपनि माग उठाएको र त्यो सबैतिर लाईभ भएकाले सबैले हेरेकै विषय भएको बताउदै पार्टीले भ्रष्टचारी जो कोहीलाई पनि कारवाहि गर्ने बताए । बालकृष्ण खाँडको बिषयमा पनि समय आएपछि पार्टीले निर्णय गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्