नमस्कार होटेल म्यानेजमेन्ट स्कुलमा नि:शुल्क जेनेरल कुक तालिम हुँदै

नमस्कार होटेल म्यानेजमेन्ट स्कुलमा नि:शुल्क जेनेरल कुक तालिम हुँदै

विराटनगर । विराटनगर १० मा रहेको नमस्कार होटेल म्यानेजमेन्ट स्कुलले आर्थिक रुपमा कमजोर बिद्यार्थीहरुलाई लक्षित गरी निशुल्क जेनेरल कुक तालिम संचालन गर्न लागेको छ ।

स्कुलले ४५ दिने जेनेरल कुक तालिम बाबा सनफ्लावर तेल र भाजु युबराज फाउन्डेसनको सहयोगमा निशुल्क दिन लागेको स्कुल निर्देशक युनेशराज श्रेष्ठले जानकारी दिए ।

आर्थिक रुपमा कमजोर रहेका तर होटेल म्यानेजमेन्ट क्षेत्रमा सामेल हुन चाहने बिद्यार्थीहरुले आवेदन दिएर कक्षा लिन पाउने श्रेष्ठले जानकारी दिए ।

उक्त तालिम पश्चात सिटीइविटीको प्रमाण पत्र समेत तालिममा सामेल विद्यार्थीले पाउने श्रेष्ठले बताए ।

तालिमका कक्षा भदौ १ गतेबाट संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्