विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि धरान ल्याइदै

विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि धरान ल्याइदै

विराटनगर । सिराहको मिर्चैयामा मृत फेला परेका विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइदै छ ।

विराटनगर १० घर भएका २५ वर्षीय भट्टराई सिराहाको मिर्चैयामा सम्भु होटलको पछाडि बुधबार बिहान मृत फेला परेका थिए ।

पाथीभरा कापी उद्योग सञ्चालक समेत रहेका भट्टराईको मृत्युको घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन भन्दै परिवारले प्रहरी समक्ष निवेदन दिएको मुद्रण उद्योग मोरङका अध्यक्ष एवम् पत्रकार सुवास कार्कीले जानकारी दिए ।

मृतक भट्टराईको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठान ल्याइएको समेत उनले जानकारी दिए ।
विराटनगरदेखि मिर्चैया पुगेका भट्टराई सोही स्थानको सहदेव होटलमा बसेका थिए । तर उनको शव भने नजिकैको शम्भु होटेलमा फेला हो । भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन् ।

भट्टराई मंगलबार बेलुका को.१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ गरी चालक सागर राईसँगै सहदेव होटेलमा खाजा र खान खाएपछि रातीे ११ बजेतिर चालक राई सुत्न गएका थिए । भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटेलमा गएको प्रहरीको दाबी छ । चालक राईले भने राति १ बजेतिर होटेलका सञ्चालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए ।

घटना बारेमा थप अनुसन्धान भइरहेको सिराह प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्