एस्पायर कलेज विराटनगरका विद्यार्थीहरु ४ जिपिएसहित शतप्रतिशत उत्तीर्ण

<span class='c1'>एस्पायर कलेज विराटनगरका विद्यार्थीहरु</span> <span class='c2'>४ जिपिएसहित शतप्रतिशत उत्तीर्ण</span>

विराटनगर। विराटनगर १४ मा रहेको काठमाडौँ विश्वविद्यालय, एस्पायर कलेज विराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत विद्यार्थीहरुले ४ जिपिएसहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असारमा काठमाडौँ विश्वविद्यालयबाट संचालित प्रथम बर्षमा प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिक भएसगै विद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन् ।

कलेजका विद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन्। भने ८ जना विद्यार्थीहरुले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाकीँ विद्यार्थीहरुले ३.२४ भन्दामाथि जिपिए ल्याएर उत्तीर्ण भएको कलेजले जनाएको छ।

कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौँ विश्वविद्यालयको उत्कृष्ट शिक्षण विधि तथा विद्यार्थीहरुको सामुहिक तथा व्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो । साथै सुचना प्रबिधि बिषय प्रती बिद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उनको भनाइ छ ।

कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले जनाए अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ, साथै विद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पूर्वाधारमा विशेष ध्यान दिइएको छ , साथै काठमाडौँ विश्वविद्यालयबाट समय समयमा आउने प्राध्यापकहरुको गाइडेन्स पनि सफलताको कडिका रुपमा स्थापित भएर पहिलो बर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयको साझेदारीमा संचालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा यस बर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि विद्यार्थीहरु भर्ना प्रक्रियामा सामेल हुन सक्ने कलेज प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्