रथयात्राको तयारीमा जुट्दै महानगर, विश्रृजन गर्ने स्थान र बाटोको अवलोकन

<span class='c1'>रथयात्राको तयारीमा जुट्दै महानगर, विश्रृजन</span> <span class='c2'>गर्ने स्थान र बाटोको अवलोकन</span>

विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालिन लागेको ५५ औं संस्करणको रथ यात्राको लागी सरोकारवाला निकायहरु तयारीमा जुट्न थालेका छन् ।


यस पटक व्यवस्थापनको जिम्मा लिएको महानगरपालीकाले बिहीबार रथयात्रा विश्रजन गर्ने डो¥याउने स्थान र बाटोको अवलोकन गरेका छन् । विराटनगर महानगरपालीकाका मेयर नागेश कोईराला , उपमेयर शिल्पा निराला कार्की, राधाकृष्ण रथयात्रा व्यवस्थापन समितिका सदस्य बाबुराजा ओझा लगायत सरोकारवाला निकायहरुले बाटोहरुको अवलोन गरेका थिए । रथयात्रा तय गर्ने बाटोको खाल्डा खुल्डी , खुला नालाको ढकन तथा अव्यस्थित तारहरुलाई व्यावस्थित गर्नको अवलोकन गरिएको मेयर नागेश कोईरालाले बताउनुभयो ।

 


यसपटक अन्य वर्षको भन्दा पृथक र फरक तरीकाको हुने उहाँले बताउनुभयो । ‘नेपालभरीका महानगर प्रमुख र भारतका नगरप्रमुखहरुलाई पनि निम्ताउने तयारीकमा रहेको छौँ, मेयर कोईराललाले भन्नुभयो , हाम्रो मौलिकता र हाम्रो सस्कृती झल्काउने रथयात्रालाई भव्य बनाउनु हाम्रो विशेषता हो ।’
कृष्ण जन्माअष्टीमको भोलीपल्ट विराटनगरमा निकालिन लागेको रथयात्राको तयारीमा आजैबाट आफुहरु जुट्न थालेको राधाकृष्ण रथयात्रा व्यवस्थापन समितिका सदस्य बाबुराजा ओझाले बताउनुभयो ।


हिमालय रोडलाई सौन्दर्यकरण गरेका कारण गत बर्षदेखी ट्राफिक चौकबाट सिधै रोडशेष सम्म पु¥याएर धरान रोड हुदै बरगाछीबाट सिधै मन्दिरमा विश्रजन गरिएको थियो ।
वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण आरूढ ’ खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालवाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको छ । ऐतिहासिक रथयात्रा भारतको जगन्नाथपुरी रथयात्रा पछिको सबै भन्दा ठूलो रथयात्रा मानिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्