सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

<span class='c1'>सुन तस्करी प्रकरण : थप</span> <span class='c2'>दुई चिनियाँ नागरिक पक्राउ</span>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्