मुख्यमन्त्री थापाले काेशी नामकाे विरूद्धमा आन्दोलनरत पक्षकाे मागलाई सम्बोधन गर्ने

<span class='c1'>मुख्यमन्त्री थापाले काेशी नामकाे विरूद्धमा</span> <span class='c2'>आन्दोलनरत पक्षकाे मागलाई सम्बोधन गर्ने</span>

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काेशी नामकाे विरूद्धमा आन्दोलनरत पक्षकाे जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

विराटनगरस्थित मुख्यमन्त्रीकाे कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन् ।

प्रदेशको नामकरण प्रदेशवासीकै लागि रहेको बताउदै । प्रदेशको नाममा प्रदेशवासीको अपनत्व / स्वामित्व रहनुपर्छ भन्ने कुरामा कुनै दुईमत नरहेको बताए।

नामाकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टी र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य रहेको समेत बताए।

प्रदेश सरकार यस विषयमा दृढ र प्रष्ट रहेको बताउदै उनाले प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक दलहरूबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नहरु लगायतका समस्या समाधान गर्ने सरकारको तर्फबाट प्रतिवद्धता जनाए।

आन्दोलनकारी पक्षले उठाएका जायज माग र मुद्दाहरूलाई सम्बोधन गर्न प्रदेश सरकार तत्पर रहेको जानकारी गराउँदै उनले भने,"यस कार्यमा आवश्यक सहयोगका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दलहरू, सङ्घर्षरत पक्षहरू र आम प्रदेशवासीमा हार्दिक अनुरोध गर्दछौं ।´ प्रदेशसभा बैठक भदौ २ गते बस्ने समेत उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्