कोशी प्रदेश : स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बू नियुक्त

<span class='c1'>कोशी प्रदेश : स्वास्थ्य</span> <span class='c2'>मन्त्रीमा निर्मला लिम्बू नियुक्त</span>

विराटनगर । जनता समाजवादी पार्टीकि एक्लि सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

यसअघि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा समेत सोही मन्त्रालयको जिम्मेवारीमा थिईन् ।

गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर एकले कोशी नाम पाएसँगै असन्तुष्ट बनेर उनले पदबाट राजीनामा दिएकी थिईन् । जसपाले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान राखेको थियो । तर मुख्यमन्त्री थापाले पहिचानको आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै जसपा सरकारमा जान तयार भएको हो ।

यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम र नेकपा एसबाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्