विराटनगर इन्टरनेसनल कलेजमा दिगो विकासमा व्यापार व्यवसायको सम्भावना विषयक कार्यक्रम

<span class='c1'>विराटनगर इन्टरनेसनल कलेजमा दिगो विकासमा</span> <span class='c2'>व्यापार व्यवसायको सम्भावना विषयक कार्यक्रम</span>

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले दिगो आर्थिक विकासमा सिर्जनशिल व्यवसायीक सम्भावनाको खोजी विषयक कार्यक्रम आयोजना गरेको छ । विराटनगर-५ मा रहेको विराटनगर इन्टरनेसनल कलेजसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

विराटनगर च्याप्टरका अध्यक्ष्ँ रंंजित भगतले अन्तर्राष्ट्रिय युवा दिवशलाई लक्षित गरि अयोजना गरेको कार्यक्रमले युवाहरुमा उद्यमशिलता प्रवद्र्धनका लागि अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले आर्थिक समृद्धि उद्यमशिलता विकासको माध्यमबाट प्राप्त हुने वताउदै युवालाई देश मै सिर्जनात्मक काम गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वक्ताका रुपमा युवा व्यवसायी आकृति जलान धनावत, ट्वीना अग्रवाल, अंकिता गिरिले मुलुकको आर्थिक समृद्धि र दिगो विकासमा व्यापार व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए । प्रविधिको वढदो विकास र प्रयोगले ब्यापारको नया सम्भावना र चूनौति दुवै वढाएको अवको युवा वर्गले प्रविधि मैत्री व्यवसायमा केन्द्रित हुनपर्नेमा जोड दिए ।

वक्ता एवं युवा व्यवसायी हेमन्त अग्रवाल र धिरज शर्माले अवको पुस्ता रोजगारी खोज्ने भन्दा पनि रोजगारीको अवसर सृजना गर्नेमा केन्द्रित हुनुपर्ने धारणा राखे । उनीहरुले विश्व व्यापारमा युवा वर्गको सिर्जनात्मक सोचले अधिपत्य जमाउदै गएकाले सृजनात्मक ढंगबाट व्यवसायीक अवसर खोज्न आग्रह गरे ।

कार्यक्रममा नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टर र विराटनगर ईन्टरनेशनल कलेज वीच एक समझदारी पत्रमा हस्ताक्ष्ँर भएको छ । विराटनगर च्याप्टरका अध्यक्ष्ँ रंजित भगत र क्याम्पस प्रमुख गोविन्द थापाले हस्ताक्ष्ँर गरेका समझदारीमा कलेजलाई शैक्षिक र उद्यमशिलता सीप विकास साझेदारका रुपमा लिई सोही अनुरुपको कार्यसम्पादन गर्ने, युवा उद्यमी विकासका कार्यक्रम प्रवद्र्धन गर्ने लगायतका वुदा समेटिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्