डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी

डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी

डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ ।

आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो । धरानमा डेङ्गीको सङ्क्रमण तीव्र बनेकाले स्वास्थ्य आपत्काल घोषण गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

धरानका अस्पतालहरूमा डेङ्गी सङ्क्रमितको भिड अस्वाभाविक बढिरहेको छ । धरानमा एकै दिन एक हजार सात सय ७६ जना डेङ्गी भाइरस सङ्क्रमित थपिएका धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताउनुभयो । धरानमा झन्डै १० हजार जना डेङ्गी सङ्क्रमित रहेका उहाँले बताउनुभयो ।

धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेङ्गी क्लिनिक, फिवर क्लिनिक र डेङ्गी अस्पतालसहित उपमहानगरको विभिन्न स्वास्थ्य चौकी, वडा समिति कार्यालयहरूले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविर, धरान सभागृह र उद्योग वाणिज्य सङ्घ सुनसरीको हलमा उपमहानगरले निःशुल्क जाँच र औषधि वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्