नेपालकै होची महिला मालतीले पाइन नागरिकता

<span class='c1'>नेपालकै होची महिला</span> <span class='c2'>मालतीले पाइन नागरिकता</span>

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्।

मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ ।

विसं २०५६ भदौ १८ गते जन्मिएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिए ।

नगरपालिकाले मासिक चार हजार भत्ता दिँदै आएको र उनको आर्थिक अवस्था पनि नाजुक रहेको छ।

मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्