फोनिजको स्थापना दिवसमा स्वास्थ्य शिविर

<span class='c1'>फोनिजको स्थापना दिवसमा</span> <span class='c2'>स्वास्थ्य शिविर</span>

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

फोनिज मोरङ शाखाको आयोजनामा विराटनगरस्थित संगम होटलमा भएको स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गरेका हुन् ।

फोनिजको २४ औ स्थापना दिवसको अवसर पारेर फोनिज संघीयले विराटनगरमा आज सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा सहभागि भएका अतिथि र उपस्थीत संचारकर्मीहरुको लागि फोनिज मोरङले स्वास्थ्य शिविर राखेको थियो । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा ब्लट पेसर र सुगरको जाँच गरिएको थियो ।

जनरल हस्पिटलबाट आएका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्