विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कट्टेलले जानकारी दिए ।
विराटनगर-१४ स्थित एमएम प्लाष्टिक उद्योगमा भएको कार्यक्रममा युवा उद्यमीसहित उद्योग व्यवसायमा कार्यरत कर्मचारी लगायतले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरूलाई युवा उद्यमी मञ्चका अध्यक्ष रञ्जित भगत, सचिव रोमन कट्टेल लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
मञ्चले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरेक वर्ष विराटनगरमा रक्तदानसहित विभिन्न कार्यक्रम गर्दै आएको छ ।