नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखाको नयाँ कार्यसमितिको चयन भएको छ । समितिको अध्यक्षमा डा. पवन मेहता चयन भएका छन् भने उपाध्यक्षमा डा. निमिषा दास निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा डा. बिबेक कुमार महतो, कोषाध्यक्षमा डा. दिवाकर कुमार शाह, सहसचिवमा डा. अभिषेक कुमार र सदस्यमा डा. जितेन्द्र मण्डल चयन भएका हुन् ।
अध्यक्ष र उपाध्यक्षको लागि निर्वाचन भएको थियो भने अन्य समिति सर्वसम्मत चयन भएको थियो ।
कार्यक्रममा निर्वाचन अधिकृत डा. मनिष आग्रवल रहेका थिए ।
उक्त समितिले २ बर्षको कार्यकाल काम गर्न पाउने छ ।