विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।
फोनिजको २४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो।
पुरस्कृत हुनेहरूमा विराटनगरकि पत्रकार सुजता लिम्बु, किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास रहेका छन् ।
यस्तै दिलीप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ । सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । पुरस्कृत भएका मध्ये खवास र लिम्बुलाई प्रदेशले सम्मान गरेको हो । भने अन्यलाई संघले गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री मोदीले पहिचान सहितको संघियता ल्याउन दुई तिहाइ आवश्यक रहेको बताएका छन् । त्यसको लागि दुई तिहाइ मत ल्याएर प्रदेशको नामकरण सच्याउनु पर्नेमा उनले त्यसको लागि पहिचानवादी पार्टीलाई जिताउनुपर्ने मन्त्री मोदीले बताए । पहिचानको पक्षधरहरुको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको बताए । पहिचानसहितको संघीयता ल्याउन माओवादीलाई जनमत प्राप्त नभएको उनले बताए । उनले प्रदेश १ को नामकरण पहिचानसहितको नामकरण हुनुपर्नेमा जोड दिए ।
पहिचानवादीको माग पुरा गर्नको लागि आदीवासी जनतजातिहरु एक जुट हुनुपर्ने उनले बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका उपाध्यक्ष मायाजिमी, किराँत, याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, फोनिजको केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्ल्भ घिमिरे, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष विवेक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य बन्धु पोखरेलगायलते आफ्ना धारणा राखेका थिए ।