मातृभुमि फाउण्डेशन नेपालको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना गरिएको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगरको नमस्कार रिजेन्सीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका थिए भने विशिष्ट अतिथिमा एमालेका युवा नेता पर्शुराम बस्नेत रहेका थिए । कार्यक्रममा ३ सय बढी युवाहरु सामेल भएका थिए ।
कार्यक्रमको सभापतित्व फाउण्डेशनका अध्यक्ष चाँद वावु इराकीले गरेका थिए । कार्यक्रममा नेपाल साथै छिमेकि मुलुक भारतबाट विभिन्न व्यक्तित्वहरुलाई बक्ताको रुपमा आमन्त्रण गरिएको थियो । बक्ताहरुले उपस्थित युवाहरुलाई बिभिन्न चेतना तथा जीवनमा सफल बन्न चाहिने सिपका बारेमा बताएका थिए ।
कार्यक्रमको सुरुवात लाखे नांचबाट गरिएको थियो । यस्तै कार्यक्रममा क्षेत्रबाट योगदान दिने युवाहरुलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेमा विकल्पका निर्देशक बसन्त अधिकारी, ओबी मिडियाका निर्देशक बिबेक दाहाल, एनवाईइएफ विराटनगरका रंजित भगत, क्रिकेट कोच महेश रिजाल, व्यवसायी इर्शाद अन्सारी तथा स्वास्थ्य विज्ञ हैदर अलि र संचारकर्मी सिता थापालाई युवा अवार्ड सम्मान प्रदान गरिएको थियो । मन्त्री मोदीले युवाहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा भारतबाट पनि सुब्रो रोय, बिकाश पुरी, सुबाश चौहान, दिपिका कुमारी र मोहम्मद नाज ओजायरको उपस्थिति रहेको थियो ।