विराटनगरमा युवा अधिकार तथा दायित्व कार्यशाला गोष्ठी सम्पन्न

<span class='c1'>विराटनगरमा युवा अधिकार तथा</span> <span class='c2'>दायित्व कार्यशाला गोष्ठी सम्पन्न</span>

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर लायन्स क्लब अफ विराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

विराटनगरको जेनिथ कलेजमा आयोजित गोष्ठीमा ६० जनाभन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गोष्ठीमा विराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा सहजीकरण गरेका थिए। भने अशोक शिवाकोटीले युवा बिचमा हुनु पर्ने संचारका बारेमा सहजीकरण गरेका थिए ।


त्यसैगरी संस्थापक अध्यक्ष तथा युवाको क्षेत्रमा बिगत २ दशकदेखि अनवरत रुपमा कार्य गरि रहेका युवा अभियानता कैलाश खाकी श्रेष्ठले युवाका दायित्वका बारेमा जानकारी गराउदै कार्यक्रममा सहभागिलाई विभिन्न समुहमा बिभाजित गर्दै कार्यशाला संचालन गरेका थिए ।

कार्यक्रममा सहभागी मध्येका जीवन यादबका अनुसार युवा दिवसका अवसरमा युवा नै सहभागी भएर युवालाई नै तालिम प्रदान गरिएकोमा आफुहरुले युवाका सवालमा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताए ।

त्यस्तै अर्का सहभागी लता गुरुङले आफ्नो पहिलो कार्यक्रम भए पनि जीवनमा आइ पर्ने युवाका विषयका बारेमा जानकारी प्राप्त भएको बताइन।

गोष्ठी क्लबका प्रथम अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्