राखेपका कर्मचारीद्वारा बढुवा माग गर्दै हातमा कालोपट्टी

राखेपका कर्मचारीद्वारा बढुवा माग गर्दै हातमा कालोपट्टी

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कार्यरत कर्मचारी तीन दशकसम्म पनि बढुवामा नपरेको भन्दै आन्दोलित बनेका छन् ।

स्थायी कर्मचारीहरुको लामो समयसम्म बढुवा नभएको भन्दै आन्दोलनमार्फत बढुवा हुनुपर्ने माग अगाडी सारेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले बढुवा गर्नुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेको थियो । संघ केन्द्रको आन्दोलन अनुरुप पहिलो चरणमा पूर्वान्चल क्षेत्रीय खेलकुद र मोरङ जिल्ला खेलकुद अन्तर्गतका कर्मचारीहरुले समेत सामूहिक ऐक्यवद्धता जनाउँदै हातमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् ।
केन्द्रको कार्यतालिका बमोजिम कोशी प्रदेशबाट प्रतिनिधित्व गरि केन्द्रीय सदस्य प्रबिन रानाको संयोजकत्वमा पूर्व क्षेत्रको आन्दोलन गरिने छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २८ गतेदेखि ३० गतेसम्म कालो पट्टी बाँधेर विरोध जनाई नियमित कार्यालयको काम गर्ने,साउन ३१ गतेदेखि भदौ १ गतेसम्म पहिलो दिन १ घण्टा र दोस्रो तथा तेस्रो दिन दैनिक २ घण्टा कालो पट्टी बाढी पेन डाउन गर्ने साथै माग पुरा नभए बाँकी कार्यक्रम सार्वजानिक गरिने संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्