सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलियो

<span class='c1'>सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी</span> <span class='c2'>ब्यारेजका ५६ वटा सबै ढोका खोलियो</span>

विराटनगर ।  सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ ।

पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि आज (सोमबार) बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ५२ हजार क्युसेक पुगेको छ ।

बिहान ४ बजे गरिएको मापनमा प्रतिसेकेन्ड ४ लाख ६२ हजार क्युसेक बहाव पुगेको थियो । अहिले बिस्तारै पानीको बहाव घट्दै गएको छ ।

पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । बहाव उच्च भएसँगै आवतजावतसमेत बन्द गरिएको छ ।

सप्तकोसीमा पछिल्लो तीन दशक यताकै उच्च बहाव भएको जनाइएको छ । सन् १९८९ मा कोसीमा बहाव प्रतिसेकेन्ड ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो ।

पानीको बहाव घट्दो क्रममा रहेपनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्