विराटनगरको एम्स कलेजमा अध्ययनरत विद्यार्थी ममता प्रदेश प्रथम भएको दावी

<span class='c1'>विराटनगरको एम्स कलेजमा अध्ययनरत विद्यार्थी</span> <span class='c2'>ममता प्रदेश प्रथम भएको दावी</span>

विराटनगर । विराटनगरस्थित एम्स कलेजमा बि.एच.म. अध्ययनरत विद्यार्थी ममता राइले कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गरिएको छ ।

विश्वविद्यालयले प्रकाशित गरेको बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ३.९८ जि.पि.ए. प्राप्त गरि नेपालको तेस्रो र कोशी प्रदेश भरिमा प्रथम स्थान हासिल गरेको दावी कलेज प्रशासनले गरेको हो ।

यस अघि पनि ममताले प्रदेश स्तरमा उच्च स्थान प्राप्त गर्न सफल भएकी थिइन्। विगत ५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको बि.एच.एम. मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको एम्स कलेजका क्याम्पस प्रमुख शशांक पोखरेलले जानकारी दिए ।

शिक्षक,अभिभावक र विद्यार्थीको निरन्तर अभ्यास र प्रयत्नले सधै जस्तै यसपटक पनि कलेजले उत्कृष्ट नतिजा प्राप्त गरेको क्याम्पस प्रमुख पोखरेलले बताए।

विद्यार्थीको भविष्य बनाउनका लागि कलेजले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको र त्यसले सार्थकता पनि प्राप्त गरेको कलेजका अध्यक्ष तुलसी प्रसाद पोखरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्