कोशी अस्पतालमा भदौ १ गतेदेखि पुनः बायोमेट्रिक्स हाँजिरी

कोशी अस्पतालमा भदौ १ गतेदेखि पुनः बायोमेट्रिक्स हाँजिरी

विराटनगर । कोरोना संक्रमण अगाडी कोशी अस्पताल विराटनगरमा डिजिटल हाँजिरी थियो । कोशीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई (बायोमेट्रिक एटेन्डेन्स) थम्स अनिवार्य गरिएको थियो ।

तर, कोरोना संक्रमणपछि थम्स हान्ने कार्य स्वास्थ्य जोखिममा परेको भन्दै रोकियो । त्यसपछि कोरोना संक्रमणको जोखिम हटेको लामो समय भईसक्दा पनि कोशी अस्पतालमा यो प्रणाली पुनः सुरुवात गरिएको थिएन ।
कोशी अस्पतालमा बायोमेट्रिेक्स हाँजिरी प्रणाली पुनः भदौ १ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाका अनुसार प्रशासनले डिजिटल हाँजिरीलाई अनिवार्य गर्दै सुरुवात गर्ने निर्णय गरेको हो । जसले समयमै चिकित्सक अस्पताल परिसरमा प्रवेश गर्ने र हाँजिरी गर्ने कार्यमा एक रुपता आउने छ ।

डिजिटल हाँजिरी सुरु गरेपछि दैनिक रुपमा अस्पताल आएर हाँजिरी हुनुपने अनिवार्यता हुनेछ । अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीले कार्यालय समयको पालना गर्नुपर्नेछ । अस्पतालका चिकित्सकहरु कार्यालय समयमा प्रवेश गरेपछि अवधीभर काम गरेर मात्रै बाहिर निस्कन पाउनेछन् । सर्वसाधारणले कार्यालय समयमा अस्पतालका चिकित्सक तथा कर्मचारी नभेटिएको गुनासो गरेपछि प्रशासनले निर्णय गरेर थम्सलाई अनिवार्य गर्ने भएको छ । यो सिस्टम आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउन आवश्यक तयारी गरिएको छ ।
(इन्दु साह, प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्